Martus(tm) [मार्टस] सफ्टवेयर संस्करण २.९ README.txt

------------------------------------------

विषय सूचीहरु:

क. संस्करण २.८.१ बाट संस्करण २.९ मा परिवर्तन (०३-२००६)

ख. संस्करण २.८ बाट संस्करण २.८.१ मा परिवर्तन (११-२००५)

ग. संस्करण २.७.२ बाट संस्करण २.८ मा परिवर्तन (०९-२००५)

घ. संस्करण २.७ बाट संस्करण २.७.२ मा परिवर्तन (०८-२००५)

ङ. संस्करण २.६ बाट संस्करण २.७ मा परिवर्तन (०४-२००५)

च. संस्करण २.५ बाट संस्करण २.६ मा परिवर्तन (०२-२००५)

छ. संस्करण २.०.१ बाट संस्करण २.५ मा परिवर्तन (११-२००४)

ज. संस्करण २.० बाट संस्करण २.०.१ मा परिवर्तन (०८-२००४)

झ. संस्करण १.५ बाट संस्करण २.० मा परिवर्तन (०७-२००४)

ञ. संस्करण १.२.१ बाट संस्करण १.५ मा परिवर्तन (०२-२००४)

ट. संस्करण १.२ बाट संस्करण १.२.१ मा परिवर्तन (१२-२००३)

ठ. संस्करण १.०.३ बाट संस्करण १.२ मा परिवर्तन (०९-२००३)

द. संस्करण १.०.२ बाट संस्करण १.२.३ मा परिवर्तन (०५-२००३)

ढ. संस्करण १.०.१ बाट संस्करण १.०.२ मा परिवर्तन (०२-२००३)

ण. संस्करण १.० बाट संस्करण १.०.१ मा परिवर्तन (०१-२००३)

त. यदि मार्टस (Martus) सफ्टवेयर Windows 95मा चलाउँदा

केही समस्या आएको खण्डमा Winsock सुधारको लागि विशेष निर्देशहरु:

 

 

मार्टस (Martus) सफ्टवेयरको जानकारीको लागि http://www.martus.org

हेर्नुहोस्।

 

मार्टस (Martus) सफ्टवेयर स्थापनाको लागि मार्टस (Martus)

प्रयोगकर्ता मार्गदर्शिका हेर्नुहोस् ।

 

अनुवादित कागजातहरु उपलब्ध छ अथवा अनुवादहरुको लागि प्रयोगकर्ता कागजीकरण

पहिलेको संस्करणमा छ भनि हेर्नको लागि http://www.martus.org/downloads/ मा जानुहोस्।

 

 

क. संस्करण २.८.१ बाट संस्करण २.९ मा परिवर्तन

 

यो जारी  http://www.martus.org  को सफ्टवेयर  डाउनलोड पानामा  देखाएको जस्तो अंग्रेजी तथा अरु भाषाहरुमा उपलब्ध छ। अन्य भाषाहरू भाषा- प्याकको रूपमा कागजीकरण पानामा (http://www.martus.org/downloads भविष्यमा उपलब्ध हुनेछ।

 

- सर्वर २.६ (मार्च २००६) मा जारी भएबाट  ग्राहक/ सर्वरको धेरै मुख्य संचालनहरू  छिटो भएका छन्। विशेषगरी, निम्न संचालनहरु अब छिटो भएका छन् : बुलेटिनहरु अपलोड गर्ने/ पठाउने, तपाईको आफ्नै बुलेटिनहरु अथवा क्षेत्र कार्यालयका बुलेटिनहरु पुन: प्राप्त गर्ने, खाता लगइनको बेला सर्वरसंग जडान हुँदा इनिसिलाइजेसनमा ।

- खाताहरुको लागि धेरै संख्याको बुलेटिनहरु सहित कार्यसम्पादनमा प्रगति। निम्न कार्यहरुको गतिमा असर गर्दछ:

फोल्डरहरुको प्रर्दशनमा ‍‍/श्रेणीबद्ध गराईमा ‍‍/बुलेटिनहरुको सराईमा आदि

- पुन:प्राप्ति संचालन परिवर्तन गरिएको छ किनकी तिनिहरु पृष्ठभुमीमा हुन्छन (सर्भरमा बुलेटिनहरु पठाए जस्तै) त्यसकारण तपाई पुन:प्राप्ति समाप्त नभए सम्म नपर्खिकन मार्टसमा (Martus) नियमित काम गर्नसक्नु हुन्छ, । जव यो पुरा हुन्छ, बुलेटिनहरु उचित “पुन:प्राप्ति” फोल्डरमा देखिन्छन्। पुन:प्राप्तिलाई रद्द गर्न पुन:प्राप्ति सम्बाद भित्र फर्कनुहोस्।

- सर्भरको अवस्थाको बारेमा प्रयोगकर्तालाई सुधारिएको सन्देशहरु

- ग्रिड भित्र ठाडो पङ्तिहरुमा खोजी गर्न दक्षता थपिएको छ (ग्रिड भित्रिको पुर्ण पाठको सट्टामा) जब उन्नत खोजमा फाँट तोकिन्छ र बुलेटिनहरुको सबभन्दा पछिल्लो संस्करणमा मात्र खोजी गर्ने विकल्प थपिएको छ।

- २.८ र २.८.१ परिचित भएका खोजी त्रुटिहरु सच्याइयो । विशेषगरि, ड्रपडाउन फाँटहरुमा रोजाई मानहरुमा खाली ठाउँ सहित गलत खोजी परिणामहरु र खोजी फाँट सुचिमा अनिकूलन ट्यागहरु  समावेश गरिन्थ्यो जहाँ लेवुलहरु खाली छोडिन्थ्यो लाई विशेष सम्वोधन गरिएको छ ( उदाहरणका लागि माथिल्लो भाग) त्यसकारण फाँट सूचिमा खाली मानहरु हुदैनन्।

- अनुकुलित ग्रिड र खोज स्किनमा तेर्सो पंङ्तिहरु थप्न र मेटाउन सक्ने दक्षता थपियो।

- बुलेटिन लगत र सम्पर्क सुचना सम्वाद देखाउँदा स्क्रिनको सबै उपलब्ध ठाउँ प्रयोग हुन्छ ।

- “पुन:पठाउने बुलेटिनहरु” सर्भर मेनु अन्तर्गत हुने गरि सारिएको छ (प्रधान कार्यालयका लागि, जसले इन्टरनेट पहुँच नहुने फाटँ कार्यालयहरुको लागि बुलेटिनहरु सर्भरहरुमा जगेडा राख्दछ।

- पुरानो संस्करणका निश्चित बुलेटिनहरु प्रधानकार्यालयको खातालाई हेर्ने अनुमति नहुँदा देखापर्ने भ्रमदिने सन्देशहरु “ सवै बेलेटिनहरु पुन:प्राप्ति भएका थिएनन् “ हटाईएको छ ।

- मिति प्राथमिकताहरुको लागी अनेकौ अधावधिक: मिति ढाँचाहरुका स्थानियकरण, अतिरिक्त ढाँचाको रोजाईहरु, थाइ र पर्सियन (Thai and Persian) मितिहरु ठिक सँग प्रदर्शन गर्नको लागि परिवर्तनहरु (र पहिले हालिएको लाई रूपान्तरण गर्ने) । पर्सियन मितिले अधिक वर्ष हिसाब गर्नको लागि प्रख्यात अंकगणित तर्कको प्रयोग गर्दछ। मिति सेटि्ङगहरु निदानका लागि सहयोग गर्न उपकरण पनि सृजना गरिएको छ।

- शब्द प्रशोधन कार्यक्रमहरुलाई( word processing program)एचटिएमएल (html) प्रतिवेदन फाईलहरुमा चिन्हहरु ठिकसँग प्रर्दशन गर्न मद्दत परिवर्तन गरिएको छ।

- भाषा ड्रपडाउन सूचिमा कुर्दिस (Kurdis) थपियो। यदि तपाईलाई मार्टसमा (Martus) कुर्दिस (Kurdis) फन्ट प्रर्दशनमा मद्दत आवश्यक छ भने कृपया help@martus.orgमा सम्पर्क गर्नुहोस्।

- लगत आयात उपकरणको प्रारम्भिक कार्यान्वयनमा विधुतिय पाठ फाईलहरु लाई (.csv  अथवा .xml ढाँचाका) मार्टस (Martus) बुलेटिन ढाँचामा रुपान्तरण गर्न अनुमति दिन्छ।यो प्रारम्भिक संस्करणले अनुकूलित गरिएको ग्रिडहरु अथवा संलग्नहरुको आयातलाई प्रबन्ध गर्दैन तर सबै अन्य फाटँका प्रकारहरुलाई प्रबन्ध गर्नेछ।निर्देशनहरुको लागि/मद्दतमा यो उपयोगिता संचालन गर्नको लागि, कृपया  help@martus.org मा सम्पर्क गर्नुहोस्।

- अनगिन्ति सामान्य त्रुटिहरु ठिक गरिएको छ, स्पष्टिकरण र सफाई प्रयोगकर्ता स्क्रिनहरुमा देखा पर्छ ।

 

 

ख. संस्करण २.८ बाट संस्करण २.८.१ मा परिवर्तन

 

२.८.१ मा खोजीमा अनुकूलित गरिएको ड्रप-डाउन क्षेत्रहरुमा समस्या छ जुनमा ड्रप-डाउन रोजाईमा खाली ठाउँ छ। यदि तपाईले “कुनै क्षेत्र” “सामाग्रीहरु” मानहरु ड्रप-डाउनमा खोज्नुभयो भने मार्टसले (Martus) तत्कालै बुलेटिनहरु ठिक तरिकाले पत्ता लगाउने छ; यदि तपाईले फाँट विशेष ड्रप-डाउन खोजीको प्रयोग गर्नु भयो भने तब मात्र समस्या देखिन्छ। यो अर्को जारीमा सुल्झिने छ, तर तबसम्म, हामी यो सुझाव दिन्छौ कि यदि तपाई बुलेटिनहरु अनुकूलित गर्नुहुन्छ भने तपाई ड्रप-डाउन रोजाईहरु सृजना गर्नुहोस् जसमा शब्दहरुको बीचमा कुनै खाली ठाउँ नहोस। (यदि चाहिएमा तपाई  शब्दको बीचमा ड्यासहरु प्रयोग गर्न सक्नुहुन्छ ।)

 

- संस्करण २.८ मा थाहा भएका समस्या ठिक गरिएको छ जहाँ मितिहरु र मिति दायराहरु सँग जनवरी १ १९७० भन्दा अगाडीका मानहरु प्रदर्शन हुन्थ्यो र गलत तरीकाले भण्डार हुनसक्थ्यो।

- थाई र रसियन प्रयोगकर्ता इन्टरफेस अनुवाद २.८ सफ्टवेयरमा समाविष्ट गरिएको छ ।

 

 

ग. संस्करण २.७.२ बाट संस्करण २.८ मा परिवर्तन

 

 

यो जारी  http://www.martus.org  को सफ्टवेयर  डाउनलोड पानामा  देखाएको जस्तो अंग्रेजी तथा अरु भाषाहरुमा उपलब्ध छ। अन्य भाषाहरू भाषा- प्याकको रूपमा कागजीकरण पानामा (http://www.martus.org/downloads भविष्यमा उपलब्ध हुनेछ।

 

- विभिन्न प्रकारको ग्रिडको ठाडो पंक्तिहरु बनाउने क्षमता थपिएका छन्।(ड्रप-डाउन सुचिहरु। जाँच बाकसहरु, मितिहरु र मिति दायराहरु)

- बुलेटिनहरुका सम्पूर्ण पाठ खोजी गर्नुको अतिरिक्त, उन्नत छनौट सामर्थ्यले अब प्रयोगकर्ताहरुलाई विशेष फाटँहरुलाई तोक्न अनुमति दिन्छ जसमा खोजी (अनुकूलन फाटँहरु सहित) गर्नुछ । खोजहरुले विभिन्न फाटँहरु र/अथवा विकल्पहरुको प्रयोग गरि खोजहरु समिश्रण गर्न सक्दछ।

- एकै पटक छनौट गरिएको बहु बुलेटिनहरु मुद्रण गर्न सक्षम हुनलाई मुद्रण उपयोगिता बृद्धि गरिएको छ।

- निजी लगत समावेश गर्ने अथवा समावेश नगर्ने विकल्प सहित, छानिएका बुलेटिन(हरु)लाई एचटीएमऐल (html) पाठ फाइलमा वचत गर्ने क्षमता थपिएको छ ।

- प्रयोगकर्ताहरुलाई कुनै पनि क्रममा फोल्डरहरु राख्ने अनुमति दिनलाई नयाँ “संगठित फोल्डरहरु” मेनु विकल्प सृजना गरिएको छ ।

- प्रयोगकर्ताहरु लाई यदि उनिहरुले सफ्टवयेर अनुसारको समान अनुवाद संस्करण चलाईरहेका छैनन् भने चेतावनिहरु थपिएका छन् र कुनै पनि भाषा प्याकहरुको मिति सम्बन्धित बाकसमा देखाउछ।

- मार्टसको (Martus) प्रतीकचिन्ह कार्यक्रम शुरु हुन साथ माथि देखापर्दछ त्यसैले प्रयोगकर्ताहरुलाई कार्यक्रम लोड भइरहेकोछ भनेर थाहाहुन्छ ।

- बाउन्सी क्सटल(Bouncy Castle) जाभा(Java) क्रिप्टोग्राफी(Cryptography) विस्तार(Extension) प्रयोग गर्न गुप्तीकरण लाईबेरिहरु(libraries) अद्यावधिक गर्नुहोस्।

- दायाँ-देखि- बायाँ भाषाहरुको प्रदर्शन र मुद्रणको लागि अतिरिक्त सुधारहरु भएकाछन ।

- केही भाषाहरु मेनुमा प्रदर्शनको गर्नको लागि (उदाहरण नेपाली) प्रणाली फन्टहरु समाविष्ट गरिएको छ ।

- बुलेटिनको व्यवहार परिवर्तन भएकोछ त्यसैले मस्यौदाहरुलाई परिमार्जन गर्दा नयाँ कन्फिगर गरेको प्रमुख कार्यालय र अनुकूलितिकरण सेटिङ्ग टिप्दछ।

- मार्टस (Martus) सर्वर २.४ जारी भएबाट, मार्टसका (Martus) ग्राहक प्रयोगकर्ताहरुको लागि मार्टस (Martus) जगेडा सर्वरबाट तिनिहरु जडान हुँदा समाचार प्राप्त गर्ने क्षमता थपिएकोछ ।(उदाहरण डाउनलोडको लागि नयाँ संस्करण उपलब्ध भएको अथवा सर्वर मर्मत गर्न बन्द समय बारेमा सन्देशहरु)

- MD5 देखि SHA1 मा डाउनलोड गरिएको फाइलहरुको रुजुको तरीकामा परिमार्जन भएकोछ ।

- अंग्रेजी प्रयोगकर्ताको कागजीकरण अद्यावधिक भएकोछ ।(शिघ्र सन्दर्भ र प्रयोगकर्ता मार्गदर्शकहरु)

- अनगिन्ति सामान्य त्रुटिहरु ठिक गरिएको छ, स्पष्टिकरण र सफाई प्रयोगकर्ता स्क्रिनहरुमा देखा पर्छ ।

 

 

घ. संस्करण २.७ बाट संस्करण २.७.२ मा परिवर्तन

 

- अपुर्ण/अशुद्ध नेपाली २.०.१ प्रयोगकर्ता इन्टरफेस अनुवाद सफ्टवेयर हटाईएकोछ र http://www.martus.org/downloads अद्यावधिक गरिएको नेपाली भाषा प्याक राखिएकोछ । यो भाषा प्याकमा नेपाली अनुवादहरुको सफ्टवेयरको प्रयोगकर्ता इन्टरफेस (९०% नेपालीमा अनुवादित स्ट्रिङ्ग सहित, २.५ संस्करण र त्यो भन्दा पछिकामा प्रयोगयोग्य) , कार्यक्रम मद्दतमा (संस्करण २.०.१),शिघ्र सन्दर्भ मार्गदर्शक(संस्करण २.०.१),प्रयोगकर्ता मार्गदर्शक(संस्करण २.०.१) र README फाइल(आंशिक रुपमा संस्करण २.६ सम्म अनुवाद गरिएको) समावेश गरिएको छ।

 

 विन्डोजमा,मार्टस (Martus) २.७.२ र अगाडीको नेपाली संस्करण चलाउनको लागि,तपाईले मार्टस (Martus) शुरु गर्ने आदेश प्रयोगमा सामान्य परिमार्जन गर्नुपर्दछ त्यसैले सबै मेनुहरु ठिकसँग देखिनेछ (आदेश प्रोम्टबाट, र कुनै डेस्कटपमा /शुरु मेनु सर्टकर्टहरु अथवा उपनामहरु जुन तपाईले स्थापना गर्दा सिर्जना हुन्छ।)

 

आदेश रेखाबाट चलाउन तपाईको मार्टस (Martus) डाइरेक्टरीमा जानुहोस् र C:\Martus\bin\javaw.exe -Dswing.useSystemFontSettings=false -jar C:\Martus\Martus.jar टाइप गर्नुहोस्

 

तपाईको सर्टकर्टहरु परिवर्तन गर्न, तिनिहरुमा दायाँ क्लिक गर्नुहोस्, गुणहरु रोज्नुहोस्, र लक्ष्य आदेश: C:\Martus\bin\javaw.exe -Dswing.useSystemFontSettings=false -jar C:\Martus\Martus.jar परिवर्तन गर्नुहोस्

 

 

 

ङ. संस्करण २.६ बाट संस्करण २.७ मा परिवर्तन

 

यो जारी अंग्रेजी र पर्सियन मा मात्र उपलब्ध छ । अरु भाषाहरुमा भाषा-प्याकहरुको रुपमा (http://www.martus.org/downloads)को कागजीकरण पानामा भविष्यमा उपलब्ध हुनेछन

 

- एकल अनुकूलन क्षेत्र “ड्रप-डाउन” सुचीहरु सिर्जना गर्ने क्षमता थपिएकोछ (ग्रिड भित्र होइन)

- कसरी लगत प्रविष्ट गर्ने र टिप्पणीहरु/टिपोटहरु सिर्जना गर्नलाई मार्गदर्शन दिन अनुकूलन क्षेत्र “सन्देशहरु” सिर्जना गर्न सक्ने क्षमता थपिएकोछ जुन हरेक बुलेटिनमा प्रदर्शन हुनेछ। (उदाहरण चालु- स्क्रिन मद्दत)

- प्रमुख कार्यालयको खाताको लागि अनुलूलितिकरण टेप्पलेटहरु क्षेत्र प्रयोगकर्ताहरुलाई दिनको लागि निर्यात गर्ने, अथवा प्रयोगकर्ताहरुले तिनिहरुको आफ्नो टेप्पलेटहरु निर्यात गर्ने क्षमता थपिएकोछ । प्रयोगकर्ताहरुले त्यसपछि रोजेको टेप्पलेटहरुबाट अनुकूलितिकरण सेटिङ्ग आयात गर्न सक्दछ ।

- कन्फिगर गरिएको हरेक प्रमुख कार्यालयको खाताले अब सिर्जना अथबा परिमार्जन गरिएको प्रत्येक बुलेटिनलाई सक्षम अथवा असक्षम गर्नसक्छ । प्रयोगकर्ताहरुले केही प्रमुख कार्यालयको खाताहरुलाई तोकेर सबै नयाँ सिर्जना गरिएको बुलेटिनहरु पूर्व निर्धारितरुपले दिन सक्छ ।

- खोजिहरुले पछिल्लो सँस्करणको अतिरिक्त अब पहिलाका सँस्करणहरुका हरेक बुलेटिन पनि जाँच गर्दछ

- दायाँ देखि बायाँका भाषाहरुमा प्रदर्शन गर्नको लागि अतिरिक्त सुधारहरु भएकाछन्

- प्रयोगकर्ता इन्टरफेसको पर्सियन अनुवाद समावेश गरिएकोछ

- XML मा निर्यात गर्न अब अनुकूलन फाँट प्रकार समावेश छ

 

 

च. संस्करण परिवर्तन २.५ बाट संस्करण २.६ मा

 

- बुलेटिन विवरण वटनमा क्लिक गरेर अब प्रयोगकर्ताहरुले तिनीहरुको कम्प्यूटरमा सुरक्षित गरि भण्डार गरिएका बुलेटिनहरुका सबै संस्करणहरुका सबै सामाग्रीहरु खोजी र अवलोकन गर्न सक्नेछन्।

- सबै संस्करणहरु अथवा सबैभन्दा नयाँ संस्करणको सुरक्षित गरिएको बुलेटिन सर्वरबाट पून: प्राप्त गरेता पनि दक्षता जोड गर्न छनौट गरीन्छ ।सानो डिक्स ड्राइभहरु अथवा ढिलो इन्टरनेट जडान भएको प्रयोगकर्ताहरूले ठुलो बुलेटिनको लागि एकदम नयाँ संस्करण पून: प्राप्त गर्न छनौट गर्न सक्दछ।

- अहिले संलग्न फाईल नामहरू खोजीमा समावेश गरीएका छन्।

- XMl को निर्यात कार्यलाई अरु पनि अनुकूल फाँटहरु र सुरक्षित बुलेटिन संस्करणहरुमा परिवर्तित गरियो

- दायाँ देखि बायाँका भाषाहरुमा प्रदर्शन गर्नको लागि अतिरिक्त सुधारहरु भएकाछन् (उदाहरण: अरबिक)

- अरविक प्रयोगकर्ता मार्गदर्शक र शिघ्र शुरू मार्गदर्शक समावेश गरिएको छ ।

- प्रयोगकर्ता स्क्रिनमा विविध माइनर त्रुटि मिलाउने, बुझाउने र सफा गर्न ।

- जब मार्टस (Martus) २.६ म्याक अपरेटिङ्ग सिस्टममा(Mac OS)अरबिकमा संचालन हुन्छ त्यँहा स्कृनको प्रदर्शनमा केहि समस्या हुनसक्छ

 

छ. संस्करण परिवर्तन २.०.१ बाट संस्करण २.५ मा

 

सुरक्षित गरिएका बुलेटिनहरुका नयाँ संस्करणहरु सिर्जना गर्ने क्षमता थपिएको छ त्यसकारण पहिले सुरक्षित गरिएका बुलेटिनहरुमा परिवर्तन अथवा थप गर्न सकिन्छ। मार्टसको (Martus) यस जारीमा तपाई मात्र सबै भन्दा नयाँ संस्करणको पुरा स्रामाग्रीहरु खोजीगर्न र हेर्न सक्षम हुनुहुनेछ (तपाईको कम्प्युटरमा जम्मा गरिएका कुनै पनि पुराना संस्करणहरु बुलेटिनको विवरणहरु बटनमा क्लिक गरेर तपाईँ शिर्षक/ बुलेटिन-आईडी(ID)अवलोकन गर्न सक्षम हुनुहुनेछ)

 - कुनै पनि समय पुर्ण मार्टसको (Martus) जारि सँगै नयाँ र अद्यावधिक गरिएको अनुवादहरु स्थापना गर्ने सक्षमता थपिएकोछ । हरेक भाषाको (अंग्रजी सहित)“भाषा प्याक”ले मार्टस (Martus) ग्राहक ईन्टरफेस, प्रयोगकर्ता मार्गदर्शक ,शिघ्रसुरु मार्गदर्शक ,रिडमि फाईल(README) , र अन लाईन सहयोग अनुवाद समावेश गर्न सक्दछ । भाषा प्याकहरु डाउनलोडको लागी मार्टस (Martus)  वेवसाईट(website)मा उपलब्ध गराईएको हुनेछ ।

बुलेटिनहरु र फोल्डरहरुको ब्यवस्थापनमा गति बढाउनका लागि धेरै परिवर्तन गरियो (उदाहरण: श्रेणीबद्द गर्ने, बुलेटिनहरु सार्ने)

अनुकूलित फाँट उपयोगितामा बृद्दि (उदाहरण:ग्रीडको ठाडो पंङ्तिमा आकार दिन)

- थाई अनुबाद परिचय गराईयो

- अरेबिक अनुबाद परिचय गराईयो

दायाँ देखि बायाँका भाषाहरुमा ठिक संग प्रदर्शन गर्नको लागि परिवर्तनहरु भएकाछन्

- लिनक्समा मार्टस (Martus) ग्राहक प्रयोगकर्ता इन्टरफेसको प्रदर्शन गर्न विभिन्न सुधारहरु भएकाछन।

- बुलेटिनहरु धेरै ठूला संलग्नहरुका साथ पुन:प्राप्त गर्दा अथवा आयात गर्दा "out of

  memory" त्रुटिका कारण मार्टस (Martus) बन्द हुनसक्ने समस्या निराकरण गरिएकोछ। कुनैपनि २० मेघाबाइट(megabytes) भन्दा सानो संलग्नले यस त्रुटिलाई सँभवत सक्रिय गर्न सक्दैन।

अनगिन्ति सामान्य त्रुटिहरु ठिक गरिएको छ, स्पष्टिकरण र सफाई प्रयोगकर्ता स्क्रिनहरुमा देखा पर्छ ।

मार्टस (Martus) २.५ स्थापना कार्यक्रममा जब नेपाली र थाई भाषाको प्रयोग गरिन्छ    त्यहाँ स्क्रिनको प्रदर्शनमा केही समस्या हुनसक्छ। किनभने यो विन्डोजको (Windows) सबै संस्करणहरुमा ति भाषाहरुमा जाँच गर्न गाह्रो हुन्छ, हामी मार्टस (Martus) स्थापना गर्दा ति भाषाहरुको प्रदर्शनमा कुनै पनि सुझावको लागि प्रशंसा गर्नेछौं।

 

 

ज. संस्करण परिवर्तन २.० बाट संस्करण २.०.१ मा

 

- अनुकूल फाँट ग्रीडहरुका लागि तेर्सो स्क्रोल बार थपिएकोछ जुन स्क्रिनको चौडाई भन्दा फराकिला छन्।

- फ्रेन्च अनुबाद परिचय गराईयो

रसिएन र स्पेनिस प्रयोगकर्ता कागजिकरणलाई २.० को उपयोगितासंग अद्यावधिक गरियो

अंग्रेजी प्रयोगकर्ता कागजीकरणको लागी सामान्य स्पष्टिकरण र सफाई

- गैह्र-अँग्रेजी विन्डोज ९८ र मि (Windows 98 and ME)मा स्तरवृध्दि मामलाहरुमा सम्झौता गर्न स्थापनाकर्ता(Installer) परिवर्तन गरिएकोछ

- डाउनलोड क्षेत्रमा बहु-फाईल (Floppy)विकल्पमा थप गरिएकोछ

 

 

झ. संस्करण परिवर्तन १.५ बाट संस्करण २.० मा

 

- अब तपाई प्रमुख कार्यालयको धेरै खाताहरु राख्न सक्नुहुन्छ र त्यहाँ तिनिहरुलाई मिलाउन उन्नत गरिएको ईन्टरफेस(interface)छ । यदि तपाईँ तपाईँको सँगठनका विविध व्यक्तिहरुले तपाईको बुलेटिनहरुको पूनरावलोकन गरोस भन्ने चाहनुहुन्छ भने यो विशेषत उपयोगी हुन्छ।

- प्रमुख कार्यालयका खाताहरुले इन्टरनेट अभाव भएका क्षेत्र डेस्कका तर्फबाट बुलेटिनहरु

  अब सर्वरमा पठाउन सक्छन।

- अनुकूलन फाँटहरुका उपयोगिता विस्तार गरिएकोछ त्यसकारण अब तपाईँ विभिन्न प्रकारका अनुकूलन फाँटहरु सृजना गर्न सक्नुहुन्छ। (उदाहरण: मिति, ग्रिड, हो/होइन)

- हामीले नयाँ खुल्ला स्रोत विन्डोज (Windows) स्थापनाकर्ता (NSIS) प्रयोग गरीराखेका छौं

  जुन अहिले गैर ल्याटिन वर्णमालाहरुमा चलाउन सकिन्छ।

- नयाँ “वचत गरिएका बुलेटिनहरु” फोल्डरले बाहिरी बाकस(Outbox), पठाईएका बुलेटिनहरु र मस्यौदा बुलेटिनहरुको फोल्डरहरुलाई प्रतिस्थापन गर्छ।

- प्रत्येक बुलेटिनको सूचीले अब सर्वरमा बुलेटिन सफलतापूर्वक पठाईएको थियो कि थिएन भनि

  एउटा तेर्सो पँक्ति देखाउँछ ।

- अन्तिम पटक वचत गरीएको बुलेटिनको मिति बुलेटिन पूर्वावलोकन सूचीहरुमा र बुलेटिन शिर्ष

  लेखमा प्रदर्शित हुन्छ।

- जब बुलेटिन सिर्जना/संशोधन गरिन्छ, “पठाउनुहोस” वटन “सुरक्षित वचत गर्नुहोस” वट्नमा

  परिवर्तन भएकोहुन्छ

- मार्टस (Martus)१.५ को शिघ्र मेट्ने उपयोगिताहरुलाई मेनुका दुई चीजहरुले प्रतिस्थापन गरेकाछन: “मेरो लगत मेटाउनुहोस्”जसले यो खाताहरुको बुलेटिनहरु र कुञ्जी हटाउँछ र “सबै लगत मेटाउनुहोस् र मार्टस (Martus) हटाउनुहोस्” जसले मार्टसको (Martus) स्थापना रद्द गर्दछ र अन्य खाताहरुको लगत सहित मार्टसको (Martus) सबै डाईरेक्टरी पनि हटाउँछ – यसको मतलब आपतकालिन अवस्थाहरुमा मात्र प्रयोगमा आउँछ।

- कुञ्जी जगेडा उपयोगिता बृद्धि गरिएकोछ – तपाइले कुनै पनि बुलेटिनहरु सृजना गर्नु पहिले नै जगेडा गर्नु पर्दैन तर यदि तपाईँले त्यसो गर्नु भएको छैन भने पछिल्लो बिन्दुमा तपाईँको कुञ्जी जगेडा गर्न सम्झाउँछ।

- बुलेटिन खोज्नको लागि प्रयोगकर्ताले अंग्रेजी ‘and’‘or’ अथवा त्यसको अनुवाद प्रयोग गर्न सक्दछ।यसले प्रयोगकर्ताहरुलाई जसलाई मातृभाषाको किवोर्ड उपलब्ध नभएता पनि ‘and’‘or’ खोजिहरु गर्न दिन्छ।

- नयाँ “बुलेटिन विवरणहरु” वटनले अद्दितिय बुलेटिन-परिचय र प्रमुख कार्यालयको खाताहरुलाई देखाउँछ जसले यो बुलेटिनका निजि लगतहरु अवलोकन गर्न सक्छ।

- मुद्रण गर्दा अब तपाईँलाई निजि लगत लुकाउने अथवा समावेस गर्ने विकल्प छ।

- Online सहयोग अब खोज्न सकिने किसिमको छ।

- तपाईले सार्वजनिक बुलेटिनहरु सुरक्षाको कारणहरुले अस्विकृत गर्न एउटा झण्डा (flag) राख्न

 सक्नुहुन्छ

- फोल्डरको पुन:नामाकरण गर्ने उपयोगितामा सुधार

- अनगिन्ति सामान्य त्रुटिहरु ठिक गरिएको छ, स्पष्टिकरण र सफाई प्रयोगकर्ता स्क्रिनहरुमा देखा पर्दछ ।

 

 

ञ. संस्करण परिवर्तन १.२.१ बाट संस्करण १.५ मा

 

- अब एउटै कम्प्यूटरमा विविध खाताहरू राख्न सकिन्छ।यसले धेरै तरीकाले लगइन

  स्क्रिन परिवर्तन गर्दछ। तपाईँको लागि  पहिले नै बनाईएको खातामा लगईन गर्ने, नयाँ खाता बनाउने अथवा कुञ्जी जगेडा बाट पूर्वावस्थामा ल्याउने बिचमा रोजाई छ।त्यहाँ मार्टस (Martus)

  डाइरेक्टरी भित्र प्रत्येक खाताको लागि एउटा सहायक डाइरेक्टरी हुनेछ।      

- अब मार्टस (Martus) जुन भाषामा चलाउने हो त्यस भाषा छनौट गर्ने सक्षमता साईन ईन स्क्रिनमा नै उपलब्ध छ।

- कुञ्जी जगेडा गर्ने उपयोगितामा र साथीहरुलाई वितरण गरिने विविध “गोप्य साझेदारी” फाईलमा जगेडा गर्ने सक्षमतामा सुधार गरिएकोछ ।

- कुञ्जी हटाउन दिने, बुलेटिन तथा कुञ्जी लगत मेटाउन अघि सफ्फा गर्ने र शिघ्र मेटाउने कार्य पुरा गरि प्रयोगकर्तासँग छलफल/ढिलो नगरि मार्टस(Martus) बाहिर निस्कने सक्षमतामा विस्तार गरिएकोछ ।

- एउटा नयाँ उपकरण मेनु (चाडै मेट्नको लागि,कुञ्जी र प्रमुख कार्यालयको कार्यहरुको लागि)

- मार्टस (Martus) जगेडा सर्वरहरु सँगको सञ्चारमा सुधार र सर्वरको अवस्थाको बारेमा प्रयोगकर्ताको लागि स्पष्ट सन्देश

- बुलेटिन छनौट सुचीमा अतिरिक्त भाषा विकल्पहरू थप गरिएको छ।

- एउटा त्रुटी ठिक गरीएको थियो, त्यसले पुरानो संस्करणहरुका मार्टस (Martus) कार्यक्रम

  जगेडा सर्वरबाट यदि बुलेटिनहरुमा सार्वजनिक सूचना गैर अंग्रेजी अक्षर सहित समाबेश गरेको     भए सफलतापूर्वक पुन:प्राप्ति गर्न दिँदैनथियो।यस त्रुटिले बुलेटिनहरुलाई सुरक्षित तरिकाले

  मार्टस (Martus)सर्वरमा जगेडा गर्नको लागि असर गरेको थिएन। यो समस्या यदि

  तपाईको मेसिनमा बुलेटिन उपलब्ध थिएन भने र तपाईले तपाईको आफ्नै अथवा क्षेत्र कार्यालयका सुरक्षित गरिएको गैर अंग्रेजी भाषामा सार्वजनिक लगत समाबेश गरेको बुलेटिनहरु पुन:प्राप्ति गर्न कोशिश गर्दा मात्र थाहा हुन्थ्यो (यो केशमा यस्तो सूचना प्राप्त भएको थियो“बुलेटिन सारांश प्राप्त गर्दा त्रुटि भयो। सर्वरमा भएका केही बुलेटिनहरु देखिनेछैनन्।”)।यो गल्तीले सबै निजि अथवा मस्यौदा बुलेटिनहरुको पुन:प्राप्तिमा असर गरेको थिएन। तपाइले गैर अंग्रेजी भाषाको सार्वजनिक लगत पुन:प्राप्ति गर्न सक्षम हुन अनिवार्य रूपमै उत्पादन मार्टस (Martus) जगेडा सर्वरमा उपलब्धता प्राप्त गरेकै हुनुपर्छ अथवा मार्टस (Martus) सर्वर सफ्टवेयर संस्करण २.० अथवा पछिको संस्करणमा तपाईले आफ्नो सर्वरलाई स्तरबृध्दि गर्नुपर्ने हुन्छ।

- जाभा संस्करणलाई १.४.२_०३ मा अद्यावधिक गर्नुहोस् ।

- अनगिन्ति सामान्य त्रुटिहरु ठिक गरिएको छ, स्पष्टिकरण र सफाई प्रयोगकर्ता ईन्टरफेसमा देखा पर्छ ।

 

ट. संस्करण १.२ बाट संस्करण १.२.१ मा परिवर्तन

 

- रसियन संस्करण विशिष्ट रसियन स्थापना प्रोग्रामको संस्करण समाबेश गरी परिचय

  गराईयो।

- अंग्रेजी र स्पानिसमा प्रयोगकर्ता मार्गदर्शकहरु १.२ को उपयोगितासँग अद्यावधिक गरीएको छ।

- GNU/Linux (लिनक्स) मेशिनहरुमा जाभाको स्थापना सहज गर्नको लागि

  LinuxJavaInstall.txt स्क्रिप्ट सिर्जना गरिएकोछ।

 

 

ठ. संस्करण १.०.३ बाट संस्करण १.२ मा परिवर्तन

 

- तपाई अब यस पछि सिर्जना गरिएको बुलेटिनहरू सबै फाँटहरुलाई अनुकूलित गर्न सक्नुहुन्छ। अनुकूलित क्षेत्रहरू हाल लाई विशिष्ट प्रयोगकर्ताले मात्र प्रयोग गर्ने उदेश्यले हो।जब तपाईले मेनुमा त्यो विकल्प छान्नुहुन्छ, यसले तपाईलाई चेतावनी दिन्छ र यदि तपाईले जे गरी राख्नु भएको छ त्यसबारेमा तपाई थाहा छैन भने तपाईलाई पछाडि फर्कनुहोस अथवा तपाईको प्रणालीमा खतरा मिसिन सक्छ भन्छ।जब तपाई त्यहा पुग्नु हुन्छ, तपाईलाई अर्